के–के हुँदैछ १३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ?

KalakarmiKalakarmiSourceFeb 23, 20251 min read
के–के हुँदैछ १३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ?
काठमाडौं– कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसनको आयोजनामा शुक्रवारदेखि काठमाडौंमा प्रारम्भ भएको १३औँ संस्करणको ‘नेपाल– अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ आज साँझ सम्पन्न हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा जारी यो महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा फिल्महरु सहभागी छन् । जसमा दुई फिल्म अप्रतिस्पर्धी र बाँकी ४७ फिल्म प्रतिस्पर्धी रुपमा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीद्वारा उद्घाटित महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले लामो प्रयासपछि राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको बताए ...