काठमाडौं- निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन प्रारम्भ भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायाङ्कन सुरु गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । उनले भने,‘मानव बसोबासविहीन बनेको ...
‘पहाड’ को छायाङ्कन प्रारम्भ


