काठमाडौं- शुक्रवार दिउँसो सार्वजनिक भएको नयाँ नेपाली फिल्म’होस्टेल ३’को ट्रेलर ६ घण्टामा नै युट्युबको मुभिज सेक्सनको ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुगेको छ ।
यो अवधिमा फिल्मको ट्रेलरले झण्डै तीन लाख भ्यूज पाएको छ । सयौंले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।
फिल्मको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाईला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ...
सार्वजनिक भएको ६ घण्टामै ट्रेण्डिङको पहिलो नम्बरमा ‘होस्टेल ३’ को ट्रेलर


