काठमाडौं – नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।
फिल्मको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाईला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका ...
युवा उमङ्ग झल्काउने ‘होस्टेल ३’ को ट्रेलर, नयाँ कलाकारहरूको उदय


