यस्तो छ मायावीको भजन ‘माता विन्ध्यवासिनी’ (भिडियो)

KalakarmiKalakarmiSourceFeb 20, 20251 min read
यस्तो छ मायावीको भजन ‘माता विन्ध्यवासिनी’ (भिडियो)
काठमाडौं- फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्ध्यवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक पल शाह, नायिका दीपिका प्रसाईँ, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशील सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विन्ध्यवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, ...