काठमाडौं– नेपाल चलचित्र निर्देशक समाजले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै उच्च अदालत पाटनको संयुक्त इजलासले मंगलवार गरेको प्रदर्शोन्मुख नेपाली फिल्म ‘लाज शरणम्’ को प्रचार सामग्रीसमेतमा रोक लगाउने आदेशले आफ्नो संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष जनक दीप पराजुलीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ– ‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरुप दिने परम्परा सर्वविदितै छ । यसरी बनेका कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्यायो कि पुर्याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास ...
‘लाज शरणम्’ विरुद्धको आदेशप्रति निर्देशक समाजको गम्भीर ध्यानाकर्षण


