काठमाडौं- नेपाली फिल्महरु कानूनी झमेलामा फस्ने क्रम जारी छ । केही साताअघि फिल्म ‘एक्टर’ तथा ‘एक्टर: टेक वान’ ले एक-अर्काविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको प्रसंग टुंगोमा पुग्नुअघि नै यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ पनि कानूनी झमेलामा फसेको छ ।
महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ को प्रचार-प्रसार नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलवार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
यो आदेशसंगै अब फिल्मको ...
प्रदर्शनको पूर्व सन्ध्यामा ‘लाज शरणम्’ लाई झट्का, अदालतले दियो प्रचार-प्रसार नगर्न आदेश


