‘लाज शरणम्’ मा सरोज लामिछानेको गीत, गीतमै फिल्मको जानकारी

KalakarmiKalakarmiSourceFeb 17, 20251 min read
‘लाज शरणम्’ मा सरोज लामिछानेको गीत, गीतमै फिल्मको जानकारी
काठमाडौं– यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ को प्रमोशनल गीत सार्वजनिक भएको छ । लोकप्रिय लोक गायक तथा संगीतकार सरोज लामिछानेको स्वर तथा शब्द संकलनमा तयार भएको यो गीतमा सुनितामी परियारको पनि स्वर सुन्न सकिन्छ । शिवनारायण जोशीले यो गीतलाई संगीतबद्ध गरेका छन् । केही साताअघि मात्र रेकर्ड भएको यो गीतको भिडियो निकै आकर्षक बनाइएको छ । यो नृत्यपरक गीतमा अभिनय गर्ने कलाकारहरुले ‘लाज शरणम्’ का पोस्टर तथा प्लेकार्डहरुमार्फत आकर्षक नृत्य गर्दै फिल्मको प्रदर्शन मितिदेखि कलाकार, निर्माता र निर्देशकका बारेमा जानकारी ...