‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, ट्रेन्डिङमा पकड

KalakarmiKalakarmiSourceFeb 17, 20251 min read
‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, ट्रेन्डिङमा  पकड
काठमाडौं– महाशिवारात्रिको दिन अर्थात यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायाबी’ को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तीन दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ४३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको फिल्म सेक्सन अन्तर्गतको दुई नम्बर ट्रेन्डिङमा छ । दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन् । टिकटकमा अहिले ‘मायाबी’ को विषयवस्तुलाई लिएर दर्शकको उत्साह खुबै देखिएको छ । दर्शकले फिल्मको संवाद र यसको कथावस्तु लोभलाग्दो रहेको भन्दै फिल्मको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् । दिवाकर भट्टराइको लेखन ...