काठमाडौं– अभिनेत्री पूजा शर्मा अहिले फुर्सदमा छिन् । अभिनेत्री रेखा थापासँग मिलेर फिल्म बनाउने खबर सार्वजनिक भए पनि यस बारेमा अहिले छलफलमात्र भइरहेको बताइएको छ ।
यसैबीच, यतिबेला अभिनेत्री शर्मा धर्म–कर्ममा लागेकी छिन् । उनी समय–समयमा विभिन्न देवि–देवताका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् भने अहिले उनी प्रयागराजमा जारी कुम्भमेलामा पुगेकी छिन् ।
१४४ वर्षपछि लाग्ने महाकुम्भ मेलामा पुगेर पूजाले पवित्र गंगामा डुबुल्की नै लगाएर हात जोड्दै भगवानलाई प्रथाना पनि गरेकी छिन् ।
पूजाभन्दा अगाडि विभिन्न नेपाली कलाकार कुम्भ मेलामा पुगेर स्नान गरिसकेका छन् । अभिनेत्री नीता ढुगंना, अभिनेता हरिहर अधिकारी, मिस नेपाल ...
पूजा शर्मा पनि कुम्भ मेलामा


