काठमाडौं । कलाकार जितु नेपाललाई मातृशोक परेको छ । उहाँकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ योगकुमारीको आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । योगमायाका सात सन्तानमध्ये जितु कान्छा हुनुहुन्छ ।
जितु नेपाललाई मातृशोक


