काठमाडौं– कलाकार नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ ।
दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा हुन् । निर्माताले फिल्म निर्माणका लागि अघिल्लो साता चलचित्र विकास बोर्डबाट इजाजतसमेत प्राप्त गरिसकेका छन् ।
पदम विश्वकर्माको कथा रहने फिल्म सामाजिक कथाको हुने छ । नेपाल र अमेरिकामा छायाँकन हुने फिल्मको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
फागुनदेखि यो फिल्मको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । फिल्मका मुख्य कलाकार तथा प्राविधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ...
निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ


