काठमाडौं- नेपालमा शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘दुखी आत्मा’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । सिनेमा हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।
तर, यो फिल्म युएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।
पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको ...
‘दुखी आत्मा’ को सेन्सरः यूएइमा फेल, कतारमा पास


