काठमाडौं– नेपाली फिल्मको इतिहासमा दोश्रो नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमार्फत दर्शकमाझ ल्याइएको छ ।
जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र निर्माण भएको केही वर्षपछि यूटुयुबमार्फत सार्वजनिक गरिएको हो । यूट्युबमा आउनुअघि यो फिल्म काठमाडौं, चन्द्रनिगाहपुर लगायतका स्थानमा प्रदर्शन गरिएको थियो । यो गीति चलचित्र २०७६ जेठ १ गते नै केन्द्रिय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएको थियो ।
यो गीति चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरुले प्रारम्भदेखि अन्त्यसम्म नै गीतको माध्यमबाट अभिनय गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिनेगरी ‘भाग्य’ तयार पारिएको हो ...
यूट्युबमा आयो नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ (भिडियो)


