काठमाडौं- फिल्म ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा बुधवार एक विशेष कार्यक्रमबिच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो फिल्मको निर्मातामा रामजी लम्साल हुन् भने कथा पनि उनकै रहेको छ ।
रामकाजी घिमिरेको लेखन/निर्देशन रहने फिल्ममा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।
अन्य कलाकार पनि छनोटको चरणमा ...
फिल्म ‘अन्धपथ’ को निर्माण घोषणा


