काठमाडौं– आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’ को मंगलवार सार्वजनिक भएको गीत ‘म त फ्यान भएँ यार’ यूट्युब ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको सात घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई १२ लाख बढी पटक हेरिएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ ।
तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो ...


