कुनै पनि दृष्ट नकाटी एडल्ट ड्रामा ‘दुखी आत्मा’ ले पायो ‘पिजी’ सर्टिफिकेट

KalakarmiKalakarmiSourceFeb 11, 20251 min read
कुनै पनि दृष्ट नकाटी एडल्ट ड्रामा ‘दुखी आत्मा’ ले पायो ‘पिजी’ सर्टिफिकेट
काठमाडौं– टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दुखी आत्मा’ लाई चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड) ले ‘पिजी’ सर्टिफिकेट दिएको छ । यो फिल्मको टीजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन ? भन्ने धेरैलाई कौतुहलता थियो । तर, मंगलवार फिल्मको सेन्सर पास भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ । अब यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनु पर्नेछ । ...