काठमाडौं– हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ का लागि र्यापर बालेन साहले एउटा नयाँ गीत गाएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो रेकर्डेड गीत हो । बालेनको स्वरमा रेकर्ड भएको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सोमवार दिउँसो सार्वजनिक हुँदैछ ।
महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ को टीमले उक्त गीत आज सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘नेपाल हासेको’ गीत आज दिउँसो ३ः१५ बजे सार्वजनिक हुनेछ ।
उक्त गीत सार्वजनिक हुने कुराको जानकारी दिँदै फिल्मका कलाकारहरुले सार्वजनिक गरेको पोस्टरमा मेयर ...
मेयर भएपछि बालेनको पहिलो गीत सार्वजनिक हुँदै


