एकता पौडेल निर्देशित ‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

KalakarmiKalakarmiSourceFeb 10, 20251 min read
एकता पौडेल निर्देशित ‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी
काठमाडौं- अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ फिल्म बन्ने भएको छ । फिल्मलाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ । फिल्मलाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् । को हुन नव निर्देशक एकता पौडेल ? एकता पौडेल दिवंगत ...