काठमाडौं– हुन त उनलाई वानेश्वर क्षेत्रमा सफल युवा उद्यमीको रुपमा चिनिन्छ । पुरानो वानेश्वरदेखि नयाँ वानेश्वरसम्म सफल व्यवसायीको रुपमा चिनिने उनको जन्म काठमाडौंको मुटु इन्द्रचौकमा भएको हो । भक्तपुर पुर्ख्यौली थलो भए पनि उनी अहिले वानेश्वरको संगम चौकमा बसोबास गर्दै आइरहेका छन् । उनी अर्थात नविन श्रेष्ठ । मध्य वानेश्वरमा पछिल्लो केही वर्षदेखि सञ्चालनमा रहेको घराना लाउञ्जका सञ्चालक ।
केही महिनाअघिसम्म उनको परिचय युवा व्यवसायिको रुपमा मात्र सिमित थियो । तर, नयाँ नेपाली फिल्म ‘लाज शरणम’ का प्रचार सामग्रीहरु सार्वजनिक भएपछि उनलाई अहिले धेरैले यो फिल्मका निर्माताको रुपमा चिन्न थालेका ...
‘लाज शरणम्’ का निर्माता नविन श्रेष्ठ भन्छन्– ‘नेपालका सिनेमा हलले तीन वटा नेपाली फिल्मको लोड मजाले धान्न सक्छन्’


