काठमाडौं- फिल्म ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो गीतलाई समावेश गरिएको छ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो । यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ...
‘नरसिंहाः अवतार’ मा गुञ्जिँदै ‘अच्छा लेकिन…’, राजेश, राजसँगै नीति र सनिषाको डान्स


