काठमाडौं- अभिनेत्री रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन् । शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा ‘हिजोका हिरो, आजका हिरो’ सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
‘पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा लेखाउँछ । हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन् । हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन् । उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ फिल्म निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन् । अभिनेत्री थापाले अहिलेको समय ...
‘हिरो-हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो’: रेखा थापा


