काठमाडौं -माघ २५ गते अर्थात शुक्रवारदेखि देशभरीका सिनेमा हलमा तीन नयाँ फिल्महरु प्रदर्शनमा आउँदैछन् । भोलि बिहानैदेखि दर्शकले ‘जुनाः एक व्यथा’, ‘ममी’ तथा ‘सारंग’ हेरेर मनोरञ्जन लिन सक्नेछन् । रोचक कुरा के छ भने यी तीन फिल्म तीन भिन्न नजरा अर्थात भिन्न धारमा बनेका छन् । त्यसैले पनि दर्शकले आफ्नो रोजाइको जनराको फिल्म हेरेर मनोरञ्जन लिने मौका पाउने छन् ।
तीन वटै फिल्ममा फरक फरक शैलीका विषयवस्तु समेटिएको छ । फिल्म जुनामा बाल विवाहले निम्त्याउने समस्याका साथै गाउँले परिवेशलाई चित्रण गरिएको छ भने फिल्म सारंग बाल मनोविज्ञानमा आधारित छ । ...
शुक्रवारदेखि सिनेमा हलमा तीन नयाँ फिल्म, कसले मार्ला बाजी ?


