सार्वजनिक भएको तीन घण्टा मै ट्रेन्डिङमा ‘दुखी आत्मा’ को ट्रेलर

KalakarmiKalakarmiSourceFeb 4, 20251 min read
सार्वजनिक भएको तीन घण्टा मै ट्रेन्डिङमा ‘दुखी आत्मा’ को ट्रेलर
काठमाडौं– यूट्युबमार्फत सार्वजनिक भएको तीन घण्टा मै नयाँ नेपाली फिल्म ‘दुखी आत्मा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तर्गतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक साथ पाएको छ । हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । यस्तै, फिल्मको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा ...