काठमाडौं– नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मको घोषणा गरेका छन् । पौडेलले आफ्नो नयाँ फिल्मको शीर्षक ‘वरिष्ठ बलराम’ भएको घोषणा गरेका हुन् । वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर सोमवार पौडेलले यो फिल्म निर्देशन गर्ने औपचारिक घोषणा गरेका हुन् ।
फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । आगामी फागुनको पहिलो सातादेखि छायांकन प्रारम्भ गरिने यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुने बताइएको छ ।
यो फिल्ममा दयाहाङ राई तथा विजय बराल मुख्य भूमिकामा रहने छन् । यो फिल्मलाई २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको ...


