‘घरज्वाइँ’ को टीमले ‘मितज्यू’ बनाउने

KalakarmiKalakarmiSourceFeb 3, 20251 min read
‘घरज्वाइँ’ को टीमले ‘मितज्यू’ बनाउने
काठमाडौं– यो वर्ष प्रदर्शन भएर व्यवसायिक सफलता हासिल गरेको फिल्म ‘घर ज्वाइँ’ निर्माण गर्ने टीमले नयाँ फिल्म ‘मितज्यू’ निर्माण गर्ने घोषणा गरेको छ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर जनक घर्ती मगरको लगानी तथा अनिल बुढा मगरको निर्देशन रहने फिल्म ‘मितज्यू’ घोषणा गरिएको हो । सोमवार सार्वजनिक फिल्मको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । फिल्मको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’ को कथावस्तु बारेमा जानकारी दिइएको छ ...