चलचित्र विकास बोर्डमा अमेरिकी दूतावास भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस

KalakarmiKalakarmiSourceFeb 2, 20251 min read
चलचित्र विकास बोर्डमा अमेरिकी दूतावास भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस
काठमाडौं– नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस बीच बोर्डको कार्यकक्षमा औपचारिक छलफल सम्पन्न भएको छ । अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित उक्त बैठकमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह तथा फिल्म कर्मीहरूको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल गरिएको थियो । भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा भई आएको फिल्म अवार्डको छनोट प्रकृया, विश्वसनियता र कलाकारहरुले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकता माथि चासो राखेका थिए । बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय ...