अदालती प्रक्रिया पूरा भएसँगै रिलिज भयो ‘एक्टरः टेक वन’

KalakarmiKalakarmiSourceJan 31, 20251 min read
अदालती प्रक्रिया पूरा भएसँगै रिलिज भयो ‘एक्टरः टेक वन’
काठमाडौं– बहुप्रतीक्षित नेपाली फिल्म ‘एक्टरः टेक वन’ आजदेखि विधिवत् रुपमा प्रदर्शनमा आएको छ । अदालती प्रकृयाका कारण सिनेमा हलहरूले आज बिहानैदेखि शो नखुलाए पनि दिउँसोका शोहरु भने खुलेका छन् । शुक्रवार बिहान अदालतबाट मुद्दा फिर्ता गरिएसँगै फिल्म देशव्यापी रिलिजमा आएको हो । नाम मिलेको विवादको विषयलाई लिएर ‘एक्टर’ तथा ‘एक्टरः टेक वन’ फिल्मका निर्माताबीच बिहीवार भएको सहमतिपछि ‘एक्टरः टेक वन’ निर्माताले बिहीवार पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि रिलिज हुने जनाएका थिए । गत सोमवार यो फिल्मको ग्राण्ड प्रिमियर आयोजना भएको थियो, जसमा फिल्मको खुलेर प्रशंसा गरिएको थियो । यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, ...