‘जुनाः एक व्यथा’ का बिर्खलाल भन्छन्- ‘फिल्मको त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’

KalakarmiKalakarmiSourceJan 31, 20251 min read
‘जुनाः एक व्यथा’ का बिर्खलाल भन्छन्- ‘फिल्मको त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’
काठमाडौं– रंगमञ्चमा डेढ दशक भन्दा बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेदेखि प्रदर्शनमा आउने नया नेपाली फिल्म ‘जुनाः एक व्यथा’ मार्फत फिल्ममा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान् बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण यो फिल्मबाट निकै आशावादी छन् । रत्नपार्कमा परिवार नियोजन सम्बन्धि सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’ मा अभिनयको प्रस्ताव प्राप्त भएको रहेछ । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मन पराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट ...