काठमाडौं- शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ करिब २ मिनेट लामोको टिजर सार्वजनिक भएको छ । फिल्मका कथावस्तु र चरित्र चित्रणबारे रिभिल गर्दै टिजरले दर्शकको ध्यान आकर्षित गरेको छ ।
उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित सुरु भएको टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन् । अभिनेता बिजय बरालको भुमिकालाई पनि टिजरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
धुर्मुस र विजय बरालसहित चलचित्रका सबै कलाकारको झलक टिजरमा देख्न पाइन्छ । त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढईएको छ ...
टिजरमा प्रभावशाली ‘लाज शरणम’


