‘अगस्त्य’ को फस्टलूक सार्वजनिक, फागुनमा प्रदर्शन

KalakarmiKalakarmiSourceJan 1, 20241 min read
‘अगस्त्य’ को फस्टलूक सार्वजनिक, फागुनमा प्रदर्शन
काठमाडौं– नयाँ नेपाली फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को फस्टलूक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै यो फिल्म फागुन १८ गतेदेखि नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलूकमा अभिनेता सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ, जहाँ उनको एक्सन देख्न सकिन्छ । अर्को लूक्समा भने उनी गोरखपुरको रेलवे प्लेटफर्म अगाडि हिँडिरहेको देख्न सकिन्छ । यी ...