काठमाडौं– यो वर्षको महाशिवारात्रि अर्थात आगामी फागुन १४ गतेका दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायाबी’ का प्रचार सामग्रीहरुले अहिले दर्शक तथा स्रोताको मन जितिरहेका छन् । यो फिल्मका तीन वटा गीत तथा केही पोस्टरबाट दर्शकमा फिल्मप्रति उत्साह बढेको छ ।
यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । भट्टराईले यसअघि मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेनजस्ता फिल्म निर्देशन गरिसकेका छन् । लभ स्टोरी फिल्म बनाउने कुरामा दिवाकर सधैँ अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी छन् ।
‘के हो त ...
‘मायाबी’ मैले भन्न चाहेको कथामा बनेको फिल्म हो’: दिवाकर भट्टराई, निर्देशक


