काठमाडौं– सहिद दिवसको दिन पारेर आज माघ १६ गतेदेखि प्रदर्शनमा आउने भनिएको नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ काठमाडौं जिल्ला अदालतको मंगलवार अन्तरकालीन आदेशका कारण प्रदर्शनमा आएन ।
यो फिल्मको आजदेखि हुने प्रदर्शनलाई माघ २२ गते मंगलवारसम्म रोक्न जिल्ला अदालतले आदेश दिएपछि आज यो फिल्म प्रदर्शनमा नआएको हो । अदालतले वादी तथा प्रतिवादी अर्थात दुवै पक्षलाई यही माघ २२ गते छलफलका लागि अदालतमा बोलाएको छ ।
सोमवार साँझ गरिएको ग्राण्ड प्रीमियरमा दर्शकको उत्कृष्ट प्रदर्शन पाएको यो फिल्मको नेपालका अधिकांश सिनेमा हलहरुले अग्रीम बुकिङसमेत खुला गरिसकेका थिए भने आजका लागि अधिकांश शोका ...


