काठमाडौं– काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश जारी गर्दै माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई माघ २२ गते बोलाएको हो ।
सोमवार ग्राण्ड प्रीमियर गरिएको यो फिल्मको विभिन्न सिनेमा हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । ‘एक्टरः टेक वन’ ले सोमवार भक्तपुरको क्यूएफएक्स सिनेमा हलमा आयोजना गरेको ग्राण्ड प्रीमियर शोमा अधिकांश दर्शकले ...
‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्न अदालतको आदेश


