काठमाडौं– शहिद दिवसको दिन अर्थात भोलि माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ को निर्माण संस्थाले सोमवार साँझ भक्तपरको क्यूएफएक्स सिनेमा हलमा आयोजना गरेको प्रीमियर शोमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति देखियो ।
यो भव्य प्रीमियर शोमा फिल्मका कलाकारहरु प्रदीप खड्का, राज बल्लभ कोइराला, आना शर्मा तथा डेब्यू अभिनेत्री दिव्या रायमाझी निकै सजिएर सहभागि भए । समारोहमा अभिनेता प्रदीप खड्काको नयाँ हेयर स्टाइलसहितको गेटअपले अधिकांशको ध्यान आकर्षित गरेको थियो । अभिनेत्री आना शर्मालाई पनि अत्याधुनिक पहिरनमा निकै आकर्षक देखिएको थियो । अभिनेत्री रायमाझी शालिन देखिएकी थिइन् । ...
‘एक्टरः टेक वन’ को ग्राण्ड प्रीमियरमा जे देखियो…


