काठमाडौं- व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल भएको सर्वकालीन सफल नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट गरेको छ ।
उक्त अवसरमा निर्माता विनौद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरे । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणासमेत गरिएको छ ।
त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि आफ्नो तेस्रो फिल्मको पनि आइतवार नै घोषणा गरेका छन् । सक्सेस पार्टीको क्रममा आयोजित औपचारिक समारोहमा उनले बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नम्बर १’ निर्माण गर्ने घोषणा गरेका हुन्, जुन ...
‘पूर्ण बहादुरको सारङ्गी-२’ को घोषणा


