काठमाडौं- दीया मास्के, सुलक्षण भारतीय र प्रियंका कार्कीको शीर्ष भूमिका रहेको हरर फ्यामिली ड्रामा ‘ममी’ माघ २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।
परिवारको प्रिय घर पालुवा जनावरर अर्थात कुकुरको मृत्युपछि कालो बिरालो पाल्दा घरमा आउने श्रृंखलाबद्ध रहस्यमय घटनालाई चित्रण गरिएको उक्त फिल्मको कथाले दर्शक तर्साउने कलाकार र निर्माण टिमले विश्वास व्यक्त गरेका छन् ।
आइतवार काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा आयोजना गरिएको मिडिया अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार तथा निर्माण पक्षले फिल्म ‘ममी’ हरर भनेर हररमात्रै नभएर नेपाली समाजमा घट्ने, देखिने कथावस्तुहरुलाई समेटेर बनाईएको फ्यामिली ड्रामा रहेको बताएका छन् । ...
‘ममी’ हरर भनेर भुतकै फिल्ममात्र पनि होइन’: समर निरौला, निर्देशक


