काठमाडौं- कलरिष्ट जुनिक गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको ५७ सकेण्ड लामो टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।
फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । जसले फिल्मप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सवैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।
महाशिवरात्रीको अवसर पारेर फगुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, ...
जुनिम गहतराज निर्देशित ‘तान्डवम्’ को टिजर सार्वजनिक (भिडियो)


