‘लाज शरणम्’ को नयाँ पोस्टरमा धुर्मुसको गेटअपको चर्चा

KalakarmiKalakarmiSourceJan 24, 20251 min read
‘लाज शरणम्’ को नयाँ पोस्टरमा धुर्मुसको गेटअपको चर्चा
काठमाडौं– नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका नयाँ क्यारेक्टरलाई रिभिल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ । विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ । नेताको भूमिकामा रहेका कट्टेललाई दौरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ । उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको ...