निर्देशक गौचन भन्छन्– ‘केटी हराएको सूचनामा स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको छ’

KalakarmiKalakarmiSourceJan 22, 20251 min read
निर्देशक गौचन भन्छन्– ‘केटी हराएको सूचनामा स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको छ’
काठमाडौं– निर्देशक दीपेन्द्र गौचन यही माघ ११ गते शुक्रवारदेखि आफ्नो फिल्म ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् । ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमव्याक मान्छन् । दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन् । दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक छ । ‘म कम्बोडियामा पढाउँछु । विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो । मैले एउटा दुईजना पात्रको कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ । उनीहरुले दुई हप्ताको ...