खगेन्द्र र मोहनको पहिलो शटसंगै पोखरामा ‘महाभोज’ को छायाङ्कन प्रारम्भ

KalakarmiKalakarmiSourceJan 21, 20251 min read
खगेन्द्र र मोहनको पहिलो शटसंगै पोखरामा ‘महाभोज’ को छायाङ्कन प्रारम्भ
पोखरा-  नेपाली फिल्म ‘महाभोज’ को छायांकन प्रारम्भ भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा यसको छायाङ्कन प्रारम्भ भएको हो । फिल्मको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता काठमाडौंमा क्यामेरा तथा  स्क्रिप्ट पूजा गरिएको थियो । निर्देशक दिनेश राउतले आठौँ फिल्मको रूपमा निर्देशन गरिरहेको यस फिल्मलाई  हिमाल कडरियाले निर्माण गरिरहेका छन् । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला,  बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको ...