‘मायाबी’ को ‘सितारा जडेको’ गीतः दीपिकाको बिहेमा भावुक भए पल (भिडियो)

KalakarmiKalakarmiSourceJan 21, 20251 min read
‘मायाबी’ को ‘सितारा जडेको’ गीतः दीपिकाको बिहेमा भावुक भए पल (भिडियो)
काठमाडौं– फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मायाबी’ गीत–संगीत तथा आक्रामक प्रचारका कारण चर्चामा छ । फिल्मको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माण पक्षले फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ । यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराईको शब्द छ । दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाँई, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । यो गीतको अडियो कर्णप्रिय छ । ...