काठमाडौं– आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ ऋषिराज आचार्यद्वारा निर्देशित यो फिल्मको टीजर सार्वजनिक गरिएको हो ।
डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ ।
१ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ ।
‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत ...
टीजरमा ‘द्रौपदी’: एक महिला पात्रमा केन्द्रित (भिडियो)


