१० करोड बढीको व्यवसाय गर्न सफल ‘दिमाग खराब’ ले मनायो प्रदर्शनको ५१औँ दिन

KalakarmiKalakarmiSourceDec 31, 20231 min read
१० करोड बढीको व्यवसाय गर्न सफल ‘दिमाग खराब’ ले मनायो प्रदर्शनको ५१औँ दिन
काठमाडौं– व्यवसायिक रुपमा सफल भएको निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१ औं पुरा गरेको छ । प्रदर्शनको ५१ औँ दिन पुरा गरेको अवसर पारेर न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहमा फिल्मको टिमले खुशीयाली साटासाट गरेको छ । ‘दिमाग खराब’ को टीमले केक काट्दै प्रदर्शनको ५१ औँ दिनको खुशीयाली साटासाट गरेको हो । कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपालिया, निर्देशक निश्चल बस्नेत, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो । फिल्मले ५१ दिन मनाउँदै गर्दा ...