काठमाडौं- अभिनेता सौगात मल्ल एक त्यस्ता कलाकार हुन्, जसले आफ्नो चरित्रलाई आफैँ सोचेर जिउँछन् ।
हरेक पटक भिन्न बन्ने उनको प्रयास सफल हुँदै आएको छ । यस्तोमा अर्का अभिनेता नाजिर हुसेनले सौगातको एक नयाँ लूक सार्वजनिक गरेका छन् ।
‘यो के हालत बनाउनु भयो दाइ ? तपाईँ यस्तो मानिस त होइन’ भन्दै उनले तस्विर सार्वजनिक गरेका छन् । जहाँ सौगातको अवस्था साँच्चै नै नाजुक देखाईएको छ ।
श्रोतका अनुसार सौगातको यो लुक फिल्म ‘अगस्त्य’ को हो । यही फिल्ममा नाजिर र सौगातले स्क्रिन सेयर पनि गरेका छन् । ...
सौगातको ‘अगस्त्य’ लूक !


