युट्युबको ट्रेन्डिङसँगै दर्शकको प्रशंसा बटुल्दै ‘वसन्त’ को ‘साँझ पर्यो झमक्क’

KalakarmiKalakarmiSourceJan 13, 20251 min read
युट्युबको ट्रेन्डिङसँगै दर्शकको प्रशंसा बटुल्दै ‘वसन्त’ को ‘साँझ पर्यो झमक्क’
काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘वसन्त’ को पहिलो गीत शनिवार एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेका थिए । ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो । हाल यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शिर्ष स्थान तर्फ आफ्नो पाइला बढाइरहेको छ । गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । गीतको ...