काठमाडौं- चैत २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ को सोमवार टीजर रिलिज भएको छ ।
टीजर रिलिज भएको केहि समय बित्न नपाउँदै दर्शकमाझ उत्साहित छाएको छ ।
बदलाको कथावस्तुमा आधारित भएर बनेको यो फिल्मको टीजरमा दर्शकले आफ्ना मनपर्ने सबै अभिनेता देखेपछि उत्साहित भएका हुन् ।
सबैलाई बुलन्द भूमिकामा देखेपछि दर्शकलाई फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने कौतुहलता बढेको छ ।
पिताम्बरको टीजर रिलिज हुनासाथ यसमा गरिएको विभिन्न प्रतिक्रियाले यहि कुरालाई पुष्टि गर्छ । फिल्ममा प्रदिप खड्का, दयाहाङ राई, अनुपविक्रम शाही, सौगात मल्ल, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, दिब्या रायमाझी लगायतको मुख्य भुमिका रहेको ...
‘पिताम्बर’ को टीजरमा दयालाई रहस्यमय मुस्कानमा देखिँदा प्रदीप किन आक्रोशित अवतारमा ?


