अभिनेता नरेन खड्कालाई मातृशोक

KalakarmiKalakarmiSourceJan 13, 20251 min read
अभिनेता नरेन खड्कालाई मातृशोक
काठमाडौं- अभिनेता नरेन खड्कालाई मातृशोक परेको छ । खड्काकी आमा मन्धरी देवि खड्काको ८४ वर्षको उमेरमा सोमवार बिहान २ः४५ बजे निधन भएको हो । उपचारको क्रममा उनको निधन भएको हो । उनको सोमवार नै पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिँदैछ । तीन दिन अगाडि मात्र अभिनेता खड्काले आमासँगको फोटो सामाजिक सन्जालमा पोस्ट गर्दै शिर्घ स्वास्थ्यको कामना शेयर गरेका थिए ।