काठमाडौँ- फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईँलाई स्थान दिइएको छ। एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन्। […]
‘मायावी’को पोस्टरमा पल र दीपिकाको प्रेम अनि पीडा


