टीजरमा ‘सारंग’: पारिवारिक कलहको चित्रण

KalakarmiKalakarmiSourceJan 9, 20251 min read
टीजरमा ‘सारंग’: पारिवारिक कलहको चित्रण
काठमाडौं– निर्देशक प्रशान्त तामाङको नयाँ फिल्म ‘सारंग’ को टीजर बिहीवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने यो फिल्मको करिव एक मिनेट लामो टीजरमा बाबु–आमाको मतभेदले बालबालिकामा पर्ने प्रभाव, साथी–साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरेको देखिन्छ । टीजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ । कोरियोग्राफरको रुपमा परिचित निर्देशक तामाङ स्वयंको लेखन रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका ...